+
+

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १०:१४

२ चैत, जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् ।

छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् ।

मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए ।

उनलाई फागुन ३० गते पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेस गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?