+
+

चीनमा पुरुष मोडलहरूले किन महिलाका भित्री वस्त्रको प्रचार गरिरहेका छन् ?

एजेन्सी एजेन्सी
२०७९ चैत २ गते १३:५३

चिनियाँ सोसल मिडिया साइटहरुमा पछिल्ला दिनमा पुरुष मोडलहरुका भिडियो तथा तस्वीरहरू भाइरल बनिरहेका छन् ।

ब्रा, टाइट फिटिङ नाइट गाउन, पेन्टीलगायतका महिला पहिरनमा पुरुष मोडलहरुलाई सजाएर विभिन्न कम्पनीहरुले सोसल साइटमा फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् । ती चिनियाँ पुरुष मोडलहरुले वास्तवमा महिलाका भित्री वस्त्रको व्यवसायिक रुपमै अनलाइन प्रचारप्रसार गरिरहेका हुन् ।

दुनियाँभर महिला अण्डरगार्मेन्टस्को प्रचारका लागि महिला मोडेललाई प्रयोग गरिँदै आएको छ । तर चिनिया कम्पनीहरुले भने यो काममा पुरुष मोडललाई प्रयोग गर्न सुरु गरेका छन् । आखिर किन ?

वास्तवमा चीनमा महिलाका भित्री वस्त्रको प्रचारप्रसारका लागि महिला मोडलहरुको प्रयोग गर्न रोक लगाइएको छ । भित्री वस्त्रको प्रचारका लागि महिला मोडलहरुलाई प्रयोग गर्दा त्यसले अश्लीलता बढाएको दाबी गर्दै त्यस्तो रोक लगाइएको हो ।

स्मरण रहोस् चीनमा सोसल मिडियामा लाइभ स्ट्रिमिङ कुनै पनि प्रडक्टको प्रचारप्रसारको सबैभन्दा प्रभावकारी माध्यमको रुपमा रहेको छ । लाइभ स्ट्रिमिङ प्रमोसनका माध्यमबाट भित्री वस्त्रकेा व्यवसाय करोडौं डलरमा हुन्छ । एक रिपोर्ट अनुसार यो वर्ष चीनको लाइभ स्ट्रिमिङ शपिङ उद्योग ७ खर्ब डलरको हुँदैछ ।

यसअघि त्यस्ता प्रवर्धनात्मक कार्यमा कम्पनीहरुले महिला मोडेललाई नियुक्त गर्दथे जसले भित्री वस्त्र लगाएर चिनिया सोसल साइटहरुमा लाइभमा आउँथे । त्यसरी भित्री वस्त्र लगाएर महिला मोडलहरुलाई सोसल मिडियामा लाइभ स्ट्रिमिङ गराउँदा त्यसले समाजमा अश्लीलता फैलिएको भन्दै महिला मोडल तथा सम्बन्धित कम्पनीहरूलाई त्यस्तो कार्यमा रोक लगाइएको छ । प्रशासनले हालसम्म विभिन्न त्यस्ता कम्पनीहरुमाथि कारबाही पनि गरिसकेको छ ।

चाइना विज्ञापन एशोसिएसनले सन् २०२० को जुलाइमै एक आचारसंहिता जारी गर्दै अवैध तथा अश्लील सामाग्री लाइभ स्ट्रिमिङ गर्नमा रोक लगाएको थियो ।

त्यहीँ प्रतिबन्धलाई छल्नका लागि चिनियाँ कम्पनीहरूले अहिले नयाँ उपाय निकालेका हुन् । जसमा अब सोसल मिडिया प्लाटर्फमहरुमा ठूला-ठूला अनलाइन मार्केटिङ कम्पनीहरुले महिला वस्त्रमा पुरुष मोडलहरुलाई उतार्न थालेका छन् ।

अहिले पुरुष मोडलहरु सिल्क नाइटगाउन, जालीयुक्त बडीसूट, पुसअप ब्रा तथा पेन्टी आदि लगाएर सोसल मिडियामा लाइभ आउने मात्र होइन फोटो तथा भिडियोहरु अपलोडसमेत गर्ने गरिएको छ ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?