+
+

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा, आर्सनल बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते ८:४१

३ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियल बेटिसलाई १–० ले हराउँदै युनाइटेडले समग्रमा ५–१ को जित निकालेको हो । युनाइटेड पहिलो लेगमा ४–१ ले विजयी भएको थियो ।
पहिलो लेगमा फराकिलो अग्रता बनाएको युनाइटेडले दोस्रो लेगमा पनि जित निकालेको हो । युनाइटेडका लागि मार्कुस रासफोर्डले ५५औं मिनेटमा गोल गरे ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल भने अन्तिम १६ बाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा पोर्चुगलको स्पोर्टिङ सिपीसँग ५–३ ले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।

दोस्रो लेग १–१ को बराबरी भएपछि समग्रमा खेलको नतिजा ३–३ मा सकियो । त्यसपछि पेनाल्टी सुटआउटमा स्पोर्टिङले बाजी मार्यो ।

आर्सनलका लागि पेनाल्टीमा कप्तान मार्टिन ओडेगार्ड, बुकायो साका र लियोन्ड्रो ट्रोसार्डले मात्र गोल गरे । गाब्रीएल मार्टिनेलीले गोल गर्न सकेनन् । स्पोर्टिङमा पाँचै खेलाडीले पेनाल्टीमा गोल गरे ।

युभेन्ट्स, रोमा, सेभिया, बायर लेभरकुजन, फेयनुर्ड र युनियल सेन्ट जिलोसले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?