
३ चैत,बुटवल । तिलोत्तमा नगरपालिकाले क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा १० खेल जितेर क्वालिफायरमा छनोट भएको नेपाली टोलीका भुर्तेल तिलोत्तमा नगरपालिकावासी हुन् ।
सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका भुर्तेललाई ५० हजार नगद सहित नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको उपप्रमुख जगेश्वरीदेवी चौधरीले बताइन् ।
‘तिलोत्तमा नगरवासी भएकाले कुशल भुर्तेललाई प्रोत्साहनका लागि नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने शुक्रबार निर्णय भएको छ’-उपप्रमुख चौधरीले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4