
४ चैत, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो ।
नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । मतदानका लागि शनिबार अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरुको उपस्थिति रहेको थियो ।
उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ । त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन् ।
त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भीमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ ।
निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।
सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4