+
+

महेन्द्र मोरङ क्याम्पसको ताला खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १८:३४

४ चैत, विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ ।

क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो । भयरहित वातावरणमा निर्वाचन गर्ने सहमतिपछि ताला खोलेको अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताए ।

अनेरास्ववियुले प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिएको र ट्रान्सफर भइसकेका विद्यार्थीलाई पनि मतदाताको सूचीमा राखेको भन्दै तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुसँग सहमति भएर ताला खुलेपछि आइतबार निर्वाचन हुने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए । आइतबार विहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नवीन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?