+
+

जनवादी गायक रामेश श्रेष्ठ हेटौंडामा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते २०:५६

४ चैत, हेटौंडा । जनवादी गायक रामेश श्रेष्ठ शनिवार हेटौंडामा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान–२०७९ बाट सम्मानित भएका छन् ।

प्रगतिशील लेखक संघ मकवानपुरले श्रेष्ठलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । श्रेष्ठले गीत संगीतको माध्यमबाट जनजागरण गर्दै जनतामा चेतना भर्न अहम् भूमिका खेल्नुका साथै साँस्कृतिक आन्दोलनमा योगदान पुर्याएकोले सम्मान गरिएको संघका अध्यक्ष श्रीराम अधिकारीले बताए ।

पहिलोपटक २०७८ सालमा स्थापना भएको सो सम्मानबाट गएको बर्ष प्राध्यापक डा.पशुपति तिमल्सिना सम्मानित भएका थिए । गएको बर्ष १५ हजार रुपैयाँ नगद रहेको पुरस्कार यो बर्ष पुरस्कारदाता साहित्यकार आरसी रिजालले २० हजार रुपैयाँ पुर्‍याएका छन् ।

२०१८ सालदेखि गायन क्षेत्र आरम्भ गरेका श्रेष्ठको एक जुगमा एक दिन, रक्त क्रान्तिको ज्वालामुखी, गाउँगाउँबाट उठ, आउ मिलाउ हाम्रा हातहरु, गाई त बाध्यो ढुङ्ग्रोमा मोही छैन्, कोही त जहाजमा हरर लगायतका गीतहरु चचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?