+
+

सुर्खेतमा नवजात शिशुको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १०:०५

५ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक नवजात शिशुको शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका -७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ ।

बच्चा जन्मने वित्तिकै मारेर फालेको हुन सक्ने उनीहरुको आशंका छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?