+
+

६.९० अंकले घट्यो नेप्से, १ अर्ब ७ करोडमा झर्‍यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १५:२७

५ चैत, काठमाडौं । चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार घट्ने क्रमले तेस्रो दिन पनि निरन्तरता पाएको छ । गत साताको ५ कारोबार दिन मध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ ।

आइतबार बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापारु र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित जिवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।

यता बैंकिङ उपसूचक ०.५४ प्रतिशतले घटेको छ भने उत्पादनमुलक, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । नेप्सेमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । गत बिहीबार १ अर्ब १४ करोड र बुधबार १ अर्ब २० करोडको कारोबार भएको बजारमा आइतबार भने मुस्किलले १ अर्ब नाघेको छ ।

आइतबार बजारमा ३० हजार ७७५ वटा कारोबारमा ३१ लख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १२७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १२ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त र शुभम् पावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ७.१८ प्रतिशतले वृद्धि भएको छ । यता श्रृजनशील लघुवित्तको सेयरमूल्य ७.३३ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.९५ प्रतिशत र सबैको लघुवित्तको सेयरमूल्य ३.९३ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?