
६ चैत, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै रेन्ससँग २-० ले पराजित भएको छ ।
पीएसजीको मैदान पार्क डे प्रिन्समा रेन्सका लागि ४५औं मिनेटमा कार्ल टोको एकाम्बी र ४८औं मिनेटमा अर्नाड कालीमुएन्डोले गोल गरे ।
लिओनल मेसी र किलिएन एमबाप्पेले पूरै समय खेले पनि पीएसजीका लागि गोल गर्न सकेनन् ।
हारका बावजुत पनि पीएसजी २८ खेलमा ६६ अंकसहित शीर्ष स्थानमै छ । दोस्रो स्थानको मार्सेभन्दा पिएसजीको ७ अंक बढी छ ।
जितपछि रेन्स ५० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4