+
+

क्रिकेटर अर्जुन कुमाल छत्रकोटमा नगदसहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते ११:४७

७ चैत, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ ।

१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका कुमाललाई गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकालले नगदसहित सम्मान गरेको हो ।

उनलाई गाउँपालिकाले नगद ५० हजारसहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

छत्रकोट गाउँपालिका वडानम्बर-५ खर्जाङमा जन्मेका कुमालले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले कुबेतविरुद्ध सतकसमेत प्रहार गरेका थिए । क्रिकेट खेलमार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?