+
+

गोदावरी नगरपालिकाले किसानलाई बाँड्यो बोयर बोका

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १८:१९

७ चैत, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न भन्दै १३ वटा बोयर बोका व्यावसायिक किसानलाई दिएको हो ।

बोकाहरु नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई हस्तान्तरण गरेका छन् । गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा बोकालाई सरदर ४८ हजार परेको छ । ४८ हजारको ५० प्रतिशत किसानले बेहोरेका छ्न् भने ५० प्रतिशत नगरपालिकाले लगानी गरेको छ । नगर प्रमुख महर्जनले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि दिएको बताए ।

नगरपालिकाले अघिल्लो वर्ष आर्थिक वर्ष पनि १४ वटा बोयर बोका किसानलाई दिएको थियो । हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत रहेको गोदावरीका पशु शाखा प्रमुख ईश्वरप्रसाद घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?