+
+

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

रासस रासस
२०७९ चैत ७ गते २०:०६

७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भेट तथा शुभकामना दिन आएका नेपाल शिक्षक संघको पादधिकारीहरुसँग कुरा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न हुनु पर्ने बताए ।

उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार बेगर मुलुकको हित हुँदैन भन्दै संघीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारे ।

संघका अध्यक्ष पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गरे भने संघका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?