+
+

सत्तारुढ ४ दलको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते २०:०१
बायाँबाट क्रमश: शेरबहादुर देउवा, पुषपकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव ।

८ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख चार दलको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीचको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए ।

‘मन्त्रिपरिषद विस्तार, संसदमा रहेको संवेदनशील विधेयकहरुका बारेमा प्रारम्भिक छलफल भएको छ’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?