+
+
Shares

संसद बैठकको बीचमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १३:००

९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् ।

प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी चलेको वा चल्ने अवस्थामा खाजाको विश्राम समय राख्ने उनको प्रस्ताव छ । ‘कार्यसूची तयार गर्दा प्रत्येक ३ घण्टामा खाजाको लागि १ घण्टा विश्राम समय राखिनेछ’ सांसद श्रेष्ठको संशोधन प्रस्ताव छ ।

संसद बैठकको बीचमा खाजाको लागि विश्राम समय राख्नुपर्ने कारणबारे सांसद श्रेष्ठ लेख्छिन्, ‘लामो समय खाजा र विश्राम नलिइ काम गर्दा कार्यसम्पादनमा असर पर्ने र निश्चित खाजा समय नतोक्दा सदस्यहरु बिभिन्न समयमा खाजाको लागि सदन बाहिर जार्ने गर्नु भएकाले सदनमा चल्ने बहस छुट्न जाने हुँदा समय नै तोकेर विश्राम लिनु उपयुक्त भएकोले ।’

तर, विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज गर्न सकिने प्रावधान सँगै राख्ने प्रस्ताव पनिदसँगै राख्ने प्रस्ताव गरिएको छ ।

विधेयकको वितरण सम्बन्धी व्यवस्थामा पनि सांसद श्रेष्ठले संशोधन प्रस्ताव राखेकी छन् ।

संसद सचिवालयमा विधेयक दर्ता भएपछि सरकारी विधेयकको हकमा दुई दिन र गैर सरकारी विधेयकको हकमा चार दिनभित्र प्रत्येक सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनुपर्ने प्रचलित व्यवस्था छ ।

यसमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद श्रेष्ठले विधेयक दर्ता भएपछि सदस्यहरुलाई वितरण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताएकी छन् । विधेयक दर्ता भएकै दिन सभाको वेबसाइटमार्फत उपलब्ध गराउनुपर्ने पनि उनको प्रस्ताव छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?