+
+

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १५:१७
महन्थ ठाकुर

९ चैत, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ ।

बिहीबार बसेको लोसपाको बैठकले सत्तारुढ गठबन्धनमा जति दल छन्, सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको हो ।

‘सम्मानजनक उपस्थिति हाम्रो दाबी हो’, नेता शरतसिंह भण्डारीले भने, ‘राजपाको लिगेसी बोकेको र आन्दोदानकारी पार्टी भएकाले सरकारका हाम्रो उपस्थिति सम्मानजनक हुनुपर्छ ।’

यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।

बैठकले बारा क्षेत्र नम्बर २ मा १० वैशाखामा हुने उपचुनावका लागि गृहकार्य गर्ने थाल्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?