+
+
Shares

न्यूरोडबाट स्रोत नखुलेको रकम र सुनसहित दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १७:०६

९ चैत, काठमाडौं । जनसेवा प्रहरी वृत्त न्यूरोडले स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका २४, इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित तनहुँको भानु नगरपालिका–६ का ४१ वर्षीय सञ्जय खनाललाई पक्राउ गरिएको जनसेवाका डीएसपी भेषराज रिजालले बताए ।

पक्राउ परेका खनालबारे थप अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइने उनले बताए ।

यसैबीच प्रहरीले एउटा सुनको ढिक्का र औंठीसहित भारतीय नागरिक आसलम सेखलाई पनि पक्राउ गरेको छ । उनको साथबाट सुनको ढिक्का ११७.१७ ग्राम र औंठी ५.२७ ग्राम बरामद भएको रिजालले बताए ।

सुनसहित आसलमलाई थप अनुसन्धानका लागि भन्सार विभाग बुझाइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?