+
+

जनकपुरमा सम्पन्न इन्टर कलेजको उपाधि मोनाष्टिकलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते २०:४०

९ चैत, जनकपुरधाम । जनकपुरधाममा जारी फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिक कलेजले जितेको छ ।

बिहीबार बाह्रविघा मैदानमा भएको फाइनल खेलमा एक विकेटले विपी मेमोरियल कलेजलाई पराजित गर्दै उपाधि मोनाष्टिकले जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको विपी मेमोरियलले १९.४ ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएको थियो ।

विपीका लागि पवन सर्राफले ३२ र केशव झाले २१ रन जोडेका थिए । मोनाष्टिकका लागि सिद्धान्त लोहनीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १३ रन खर्चेर चार विकेट लिए भने रुपेश सिंहले एक मेडन सहित चार ओभरमा मात्र सात रन खर्चेर दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेका मोनाष्टिकले १८ ओभर चार बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।  उसका लागि रञ्जित यादवले २२ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए ।

विपीका लागि बलिङ गरेका पवन सराफले २ र राहुल प्रसाद चौधरीले दुई विकेट लिए ।

यस खेलको म्यान अफ दी म्याच मोनाष्टिकको तर्फबाट सिद्धान्त लोहनी घोषित भए । प्रतियोगिताको एर्मजिङ प्लेयर मिट कलेजका तेजस मण्डल, बेस्ट बलर र म्यान अफ द सीरिज विपीका अखिलेश ठाकुर भएका थिए ।

समग्र प्रतियोगितामा ठाकुरको प्रर्दशन उत्कृष्ट भएको आयोजक संस्थाले औल्याएका छन् ।

यस्तै, वेस्ट किपर राजर्षी जनक क्याम्पसका अकबर अली, क्याच अफ द टुर्नामेन्ट विक्रान्त यादव, वेस्ट फिल्डर नागेन्द्र अधिकारी र फेयर प्लेयर मिट कलेजका खेलाडीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?