+
+

प्रधानमन्त्री र सभापतिबाट अर्थमन्त्रीको प्रस्ताव आएको छैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते १६:४७

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन् ।

‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन’ महामन्त्री थापाले भने, ‘(अर्थमन्त्री बन्न) भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि !’

थापाले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै उनले आफूलाई कसैले बोलाएर आफ्नो रुचिबारे सोध्ने अपेक्षा पनि नभएको बताए । ‘…किनकी आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन’ उनले भने ।

आफ्नो ध्यान २०८४ सालमा कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्नेमा रहेको थापाले बताए । ‘मलाई के छ भने २०८४ मा नेपाली कांग्रेस यस्तो बनाउनुपर्ने छ कि जतिवटा मोर्चा बने पनि बनोस्, १६५ का १६५ निर्वाचन क्षेत्रमा कसैलाई मत हाल्नु नपरोस्’, उनले भने ।

नेपाली कांग्रेससँग आठ लाख भन्दा बढी कार्यकर्ता र ३०० भन्दा बढी स्थानीय सरकारको नेतृत्व रहेको भन्दै थापाले ती सबैलाई राम्रोसँग काम लगाउन सकेमा पार्टीलाई राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?