+
+

तिलोत्तमाका तीन क्रिकेटरलाई नगरपालिकाको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते ११:११

१२ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाका तीनजना क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय टोलीका कुशल भुर्तेल र मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरेको हो ।

भुर्तेल तिलोत्तमा–९, ढकाल तिलोत्तमा–१३ र खनाल तिलोत्तमा–३ निवासी हुन् । उनीहरुलाई नगरपालिकाले जनही ५० हजार रुपैयाँका दरले नगद सहित सम्मान गरेको हो ।

खेलाडीहरुलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा सम्मान गरे । खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने बताए । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय विकासमा समेत टेवा पुग्ने उनले बताए ।

उपप्रमुख चौधरीले खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले पर्याप्त लगानी गरेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको बताइन् ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गरे । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?