+
+

गणतन्त्र र संघीयतामा पनि पहिचान माग्नेको हत्याको शृंखला रोकिएन : अशोक राई

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १३:३८

१२ चैत, काठमाडौं। जनता समाजवादी पार्टीका नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको हत्याको शृंखला नरोकिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको भन्दै अहिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पनि शृंखला जारी रहेको बताए ।

‘यस किसिमका दुखद घटनाहरुको शृंखलाहरुको अन्त्य कहीं पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो’ नेता राईले भने, ‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ ।’

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा १० चैतमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?