+
+

इंग्ल्याण्ड र इटली विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ७:५९

१३ चैत, काठमाडौं । युरोकप २०२४ छनोट अन्तर्गत इंग्ल्याण्ड र इटली विजेयी भएका छन् ।

समूह सी अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले युक्रेनलाई २-० ले हरायो । इंग्ल्याण्डका लागि ह्यारी केनले ३७औं र बुकायो सकाले ४०औं मिनेटमा गोल गरे ।

समूह सी मा दुई जितपछि ६ अंक जोडेर इंगल्याण्ड शीर्ष स्थानमा छ ।

पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको इटलीले माल्टालाई २-० ले हराएर पहिलो जित निकालेको छ । इटलीका लागि माटेओ रेटेगुई र माट्टेओ पेसिनाले गोल गरे ।

इटली तीन अंकसहित समूह सी  मा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?