+
+

महिला ओलम्पिक फुटबलको छनोटमा नेपाल र भियतनामको खेल दशरथ रंगशालामा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १५:२४

१३ चैत, काठमाडौं । महिला ओलम्पिक फुटबलको एशियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनामबीचको खेल चैत २२ र २५ गते दशरथ रंगशालमा हुने भएको छ ।

यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि थिए । तर उनीहरुले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीचमात्र प्रतिस्पर्धा हुन लागेको छ । यो समूहको विजेता टोली दोश्रो चरणमा पुग्ने छ ।

एशियाका ७ वटा समूहमा विभाजित टिमबाट समूह विजेता दोश्रो चरणमा पुग्ने छन् ।

माथिल्लो वरीयताका उत्तरकोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया सिधै दोश्रो चरणमा पुगेका छन् ।

यी ५ टिमसहित ७ वटा समूहका विजेता गरी १२ टिमलाई दोश्रो चरणमा ३ समूहमा विभाजन गरिने छ ।

ती समूहका विजेता र उत्कृष्ट उपविजेताबिच फेरि तेस्रो चरणको खेल हुने छ र एशियाबाट २ वटा महिला टिमले ओलम्पिक खेल्न पाउने छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार पत्रकार सम्मेलन गरेर  प्रतियोगितामा सहभागी हुन भियतनामको महिला टोली २० गते नेपाल आउने जानकारी दिएको छ ।

प्रतियोगिताको मार्केटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्टस प्रालिलाई दिइसकेको पनि एन्फाले जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?