+
+

खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्न मिटरब्याज पीडितलाई बालेनको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १७:५५

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमै रोकेको थियो ।

महानगरपालिकाका मेयर बालेन शाहले मिटर ब्याज पीडितलाई पशुपति धर्मशालामा बस्न आग्रह गरेको तर नमानेको बताए । ‘काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरुसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौं’ उनले फेसबुकमा लेखेका छन्, ‘तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं ।’

रत्नपार्कको अगाडि रानीपोखरीबाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको हो । तर मिटरब्याज पीडितहरुले खुलामञ्चमा नै बस्ने भन्दै खुलामञ्चको गेटबाहिर प्रदर्शन गरिरहेका छन् ।

मेयर बालेनले मिटरब्याज पीडितप्रति ऐक्यवद्धता रहेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । ‘हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँगाउँमा सरकार पुगोस्’ बालेनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?