+
+

विराटनगरमा मिल्स कप हुँदै, नेपाल–भारतका १८ टोली सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १८:२२

१३ चैत, विराटनगर ।  विराटनगरमा  दोस्रो संस्करणको मिल्स कप क्रिकेट प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लबको आयोजनामा चैत १५ गतेदेखि २५ गतेसम्म टी-२० फरम्याटमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा नेपालका ११ वटा र र भातका सात वटा क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले एक लाख ११  हजार रुपैयाँ नगर तथा ट्रफी प्राप्त गर्नेछ ।

उपविजेताले  ६१  हजार नगद  ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मुरली चौधरीले बताए । प्रतियोगितामा दिल्ली युनाइटेड,  कटिहार ११, बैसाली क्रिकेट एकेडेमी पटना, समसेर क्रिकेट क्लब कानपुर, प्रसान्त क्रिकेट क्लब, पुर्निया, नरपथगञ्ज सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजकसँगै काठमाडौं, वीरगञ्ज, सप्तरी, सुनसरी, झापा र मोरङका क्लब सहभागी हुनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज  हुने खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

क्रिकेटको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताए । प्रतियोगिताको उद्घाटनका क्रममा सिनियर टोलीका राष्ट्रीय खेलाडी ललित राजवंशी र अन्डर १९ टोलीका सदस्य दिपेश कँडेललाई सम्मान गरिने उनले बताए  ।

प्रतियोगिताको प्रथम संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमीले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?