+
+

वैदेशिक रोजगारीबारे छापिएका विज्ञापनको आधिकारिकता कसरी पत्ता लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १४:०५

१४ चैत, काठमाडौं । हरेक दिनजसो पत्रपत्रिकामा वैदेशिक रोजगारी सम्बन्धी सूचना आउन थालेको धेरै भइसकेको छ । तपाईं यी सबै सूचना आधिकारिक हुन् भनेर कसरी सुनिश्चित गर्नु हुन्छ ? यसबारे वैदेशिक रोजगार विभागको ‘टिप्स’ उपयोगी हुन सक्छ ।

विभागका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझन परे वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सम्पर्क गरेर बुझ्न सकिन्छ । त्यसो गर्दा पनि सूचनाको आधिकारिकतामा तपाईंलाई प्रश्न कायमै रह्यो भने एसएमएसका माध्यमबाट पनि आधिकारिकता पुष्टि गर्न सकिने विकल्प छ ।

विभागका अनुसार पत्रिकामा छापिने हरेक विज्ञापनमा ‘लट नम्बर’ राखिएको हुन्छ । लट नम्बर टाइप गरी ३४००१ मा एसएमएस गर्दा तपाईंले मोबाइलमै सूचनाको आधिकारिकताबारे जानकारी पाउन सक्नु हुन्छ । जस्तो– कुनै विज्ञापनको लट नम्बर २०२०२० छ भने ‘एलटी (स्पेस) २०२०२०’ टाइप गरी ३४००१ मा पठाउनु पर्छ ।

वैदेशिक रोजगारीमा हुने ठगी र अन्य सूचना लिनुपर्दा टोलफ्रि नम्बर (१६६००१०९९९९)को व्यवस्था समेत छ । विभागका अनुसार, यो नम्बर डायल गरेर पनि पत्रपत्रिकामा आएका वैदेशिक रोजगार सम्बन्धि विज्ञापन/सूचनाको आधिकारिकताबारे बुझ्न सकिन्छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्री नम्बर (१६६००१५०००५) मा पनि फोन गरेर सोधखोज गर्न सकिन्छ ।

सूचनाको आधिकारिकता पुष्टि नभइकन कुनै व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएमा वा रकम मागे प्रहरी प्रशासन वा वैदेशिक रोजगार विभागमा जानकारी गराउनुपर्छ । यसरी मात्र ठगिनबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?