+
+

चर्च ब्वाइज जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते ६:३५

१५ चैत,काठमाडौं । एपीएफ क्लबविरुद्ध २-१ गोलको जीत निकाल्दै चर्च ब्वाइज यूनाइटेड जगदम्बा १३औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुआती अग्रता उल्टाउँदै चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गरेको हो ।

रोमाञ्चक जितसँगै उसले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनल भेट पक्का गर्‍यो । फाइनल प्रवेशका लागि चर्च ब्वाइजले बिहिीबार एनआरटीको सामना गर्नेछ ।

एपीएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए पनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो ।

चर्च ब्वाइजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक/एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?