+
+

भुटानी कप्तान चेन्चोले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १४:५१

१५ चैत, काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको छ । मछिन्द्र क्लब स्रोतका अनुसार दुवै पक्षले लिग खेल्नका लागि सम्झौता गरिसकेका छन् । ‘सबै प्रक्रिया पूरा भइसकेपछि औपचारिक रुपमा सार्वजनिक घोषणा गरिनेछ’, क्लब स्रोतले भन्यो ।

चेन्चोको टिम भुटान प्रधानमन्त्री कपको फाइनल होडबाट बाहिरिसकेको छ । चेन्चोलाई भुटानी समर्थकले रोनाल्डोसँग तुलना गर्छन् ।

इन्डियन सुपर लिग आईएसएल र आई लिग समेत खेलिसकेका चेन्चोले पहिलो पटक नेपालमा लिग खेल्न लागेका हुन् ।

केही समयअघि सम्पन्न आई लिगमा चेन्चो र नेपालका कप्तान किरण कुमार लिम्बुले राउण्ड ग्लास पञ्जावबाट सँगै खेलेका थिए । पञ्जावलाई आई लिग च्याम्पियन बनाउन दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ए डिभिजन लिगको सुरुवाती पाँच चरणको खेल सम्पन्न भइसकेको छ । साविक विजेता मछिन्द्रले जम्मा एक मात्र जितेको छ र ५ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ । ए डिभिजन लिगको छैटौं चरणका खेलहरु चैत २० गतेदेखि सुरु हुनेछ ।

पहिलो रोजाईँका खेलाडीहरु अष्ट्रेलिया पलायन हुँदा मछिन्द्रले यस सिजन लिगमा सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन ।

विशाल राई, अभिषेक रिजाल लिग अघि नै अष्ट्रेलिया गएका थिए । सुनिल बल र मनिष डाँगी संकटा क्लबमा अनुबन्ध भएका थिए । सुनिल बल लिगको एक पछि नै अष्ट्रेलिया लागे । यस्तै कप्तान सुजल श्रेष्ठ र रन्जित धिमाल पाँच चरणको लिगपछि अष्ट्रेलिया लागिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?