+
+

प्रधानमन्त्री कप फुटबल : नेपाल २-१ लाओस

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १७:५६

१७ चैत, काठमाडौं । (अपडेट) प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनल जित्नै नेपालले उपाधि जितेको छ ।

१७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएकाे पासमा बक्स भित्रबाट आयुश घलानको गाेल गरेका हुन् ।

यस्तै ८७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई जिताएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?