+
+

ब्यागेज व्यवस्थापन गर्ने विमानस्थलका कर्मचारीलाई ‘खल्तीरहित पोशाक’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १८:३९
तस्वीर : निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ट्वीटरबाट । नेपाल एयरलाइन्सबाट दिल्ली जानेक्रममा फुटाइएको अवस्थामा उनको ब्यागेज फेला परेको थियो । 

१७ चैत, काठमाडौं । विमानस्थल भित्र ब्यागेज तोडफोड, चोरीका घटनाबारे यात्रुका गुनासा बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले कडाइ सुरु गरेको छ । सो क्रममा ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई अब खल्तीरहित पोशाक दिइने भएको छ । यसको प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने निर्णय भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार सुपरभाइजरको काम प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डिलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुसनको ग्रोप्रो क्यामराको व्यवस्था गर्न र खल्तीरहित पोशाकको व्यवस्था नेपाल एयरलाइन्सले गर्ने गरी निर्णय गरिएको हो ।

यसअघि बिहीबार त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आकस्मिक बैठक गरी यस बारे प्रश्न गरेका थिए ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक तिवारीका अनुसार विमानस्थलको शौचालयमा बज्ने म्यूजिक सिस्टम नयाँ जडानको काम भइरहेको छ । रात्रि उडान सकिएपछि शौचालयको डीप क्लिनिङ गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?