+
+

पोखराका पर्यटन व्यवसायी भन्छन् : सडकमा आइसक्यौं, सापटी माग्ने ठाउँ पनि छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते २०:०५

१७ चैत, पोखरा । आर्थिक मन्दी र बैंकको बढेको ब्याजदर तथा किस्ता तिर्न नसकेर धेरै जना डिप्रेसनमा गएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । यो आर्थिक वर्षमा सरकारले नीतिगत रुपमा नसमेटेका कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले दायित्वलाई चैत मसान्तको त्रैमासिक अन्त्यमा मिलान गर्नुपर्ने भन्दै गरेको ताकेताले त्रसित बनाएको व्यवसायीहरुले बताएका हुन् ।

पोखरा पर्यटन परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै बैंकको ताकेताले व्यवसायीहरु आतंकित बनेकाले पलायनको बाटोमा गएको र दायित्वको बोझले डिप्रेसनको शिकारसमेत हुन थालेको बताएको छ । सरकारले प्रमुख प्रभावित क्षेत्र घोषणा गरेको पर्यटन क्षेत्रका लगानीलाई कोभिड संक्रमण अवधिभरको ब्याज मिनाह गर्न र कोभिड प्रभावित समयमा तिरेको ब्याजमा छुट गरी फिर्ता गर्न व्यवसायीले माग गरेका छन् ।

स्थिति सुध्रने आशमा हरेक त्रैमासिक अन्त्यमा सरसापट गरी बैंकको किस्ता मिलान गर्दै ब्यापार धानेका व्यवसायीले अब त सापटी माग्ने ठाउँ पनि नभएको गुनासोे गरेका छन् ।

‘अब त सापटी माग्ने ठाउँ पनि छैन, हामी सडकमा आइसक्यौं,’ श्रेष्ठले भने, ‘हाम्रो अभिभावक कहाँ छ ? कहिलेसम्म यो अस्थिरताको अन्त्य हुन्छ । दुखका साथ भन्नुपर्दा हामीलाई व्यवसाय धान्ने सञ्जीवनी बुटीको आवश्यकता छ ।’

७ प्रतिशत ब्याजमा लिएको ऋण बैंकले १६÷१७ प्रतिशतसम्म पु¥याएको र सरकारले कुनैै पुनरुत्थानका कार्यक्रम पनि नल्याउँदा धेरै व्यवसायी सडकमा आइपुगेको व्यवसायीको भनाइ छ । पश्चिमाञ्चल होटल संघ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लगायत पर्यटनसँग सम्बन्धित एक दर्जन संसंस्थाहरु प्रतिनिधित्व गर्दै पोखरा पर्यटन परिषदले बैंकलाई कर्जा तिर्नुपर्ने समय सीमा लम्ब्याउन माग गरेको छ ।

व्यवसायीको चैत मसान्तको त्रैमासिक अन्त्यमा कुनै पनि प्रकारको दायित्वलाई मिलान गर्ने अवस्था नरहेकोले कर्जाको भुक्तानी तालिकालाई अर्काे असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्नुपर्ने उनीहरुको भनाइ छ । बैंकको किस्सा जुनसुकै हालतमा पनि तिर्ने तर समय सीमामात्र बढाउन आग्रह गरिएको पर्यटन व्यवसायीको स्पष्टीकरण छ

निक्षेपमा बैकर्स संघको ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेकाले यसलाई तुरुन्त परिमार्जन गरी बैक तथा वित्तिय संस्थाहरुको कर्जाको ब्याजदर एक अंकमा झारिनुपर्ने होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पोखरामा पर्यटकहरु सीमित मात्र आए पनि व्यवसायीहरु पनि धेरै हुँदा ऋण तिर्न सक्ने अवस्था नरहेको सुवेदीको भनाइ थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले उत्साहित व्यवसायी अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएको सुस्तताले थप निराश बनाएको परिषदका महासचिव सञ्जयकान्त सिग्देलको गुनासो छ । व्यवसायीहरुले बैंक वित्तीय संस्थालाई तिर्नुपर्ने साँवा, किस्ता, ब्याज तथा कुनै पनि दायित्व चैत मसान्तमा तिर्न सक्ने अवस्था नरहेकाले समयसीमा बढाउनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?