+
+

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते २१:०७

काठमाडौं । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको ठूलो धनराशी रहेका दुई दुई रियालिटी शोमध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ अनुबन्धित भएका छन् ।

अमेरिकामा सेटलमेन्ट गरिएका भुटानी शरणार्थी समुदायको संस्था इन्ट्रा नेपालले केही वर्षदेखि यी दुई रियालिटी शो गरिरहेको छ । इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभालाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को अडिसन गरिरहेको छ । यी दुवै रियालिटी शोको विजेताले १/१ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितिमा नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका थिए ।

काठमाडौंमा अहिले ‘मेरो भ्वाइस युनिभर्स’को साइटलेस अडिसन सुरु भएको छ । यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्वय अन्जु पन्त र सुजाता बर्मा निर्णायकको रुपमा छन् । कार्यक्रमलाई हास्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?