+
+

अम्बानीको निम्तोमा विश्व फिल्म स्टारहरु मुम्बईमा, जेन्डाया र गिगी हदिद सारीमा देखिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते २१:३४

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको निम्तोमा हलिउड तथा बलिउड स्टारहरु यतिबेला भारतमा भेला भएका छन् । अम्बानी परिवारले स्थापना गरेको नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका लागि कलाकारहरु मुम्बई पुगेका हुन् ।

भारतीय फिल्म स्टारहरु, राजनीतिज्ञदेखि हलिउड मोडल र कलाकार पनि मुम्बईमा छन् । विश्वचर्चित हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को जोडी टम हल्याण्ड र जेन्डायादेखि सुपरमोडल गिगी हदिद पनि उद्घाटन समारोहमा उपस्थित भए ।

सुपरमोडल गिगी हदिद
स्पाइडरम्यान अभिनेता टम हल्याण्ड
स्पाइडरम्यान अभिनेत्री जेन्डाया

जेन्डाया र गिगी सारी लगाएर समारोहमा उपस्थित भए । जेन्डाया गाढा निलो सारीमा आकर्षक देखिएकी थिइन् । फेसन स्टाइलिस्ट ल रोच पनि गालाको लागि त्यहाँ पुगेको देखियो ।

अभिनेता टम हल्यान्ड गालाको लागि कालो पहिरनमा उपयुक्त थिए । सेतो शर्ट, कालो ब्लेजर, मिल्दो बाउटी र औपचारिक प्यान्टमा उनी ड्यापर देखिन्थे । गिगी हदिदले सेतो र सुनौलो सारी लगाएकी थिइन् ।

कार्यक्रममा सहभागी हुन ग्लोबल स्टार प्रियंका चोपडा पनि परिवारसहित भारत पुगेकी छन् । कार्यक्रममा दीपिका पादुकोण, रणवीर सिंह, सोनम कपूर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, सचिन तेन्दुलकर, सलमान खान, अनुष्का डान्डेकर, नीतु कपूर, अनन्त अम्बानी, श्लोका अम्बानी, नीता अम्बानीलगायत व्यक्ति उपस्थित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?