+
+

पहिलो खेलमै घाइते भएपछि विलियम्सन आईपीएलबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते ११:४६

१९ चैत, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सका ब्याटर केन विलियम्सन चोटका कारण इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । चेन्नाई विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए ।

छक्का बचाउने क्रममा शरीरको सन्तुलन मिलाउन नसक्दा ल्यान्डिङ गर्ने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो । त्यही चोटका कारण विलियम्सन जारी १६औं संस्करणको आईपीएलबाट बाहिरिएका हुन् ।

गुजरातले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै चोटका कारण विलियम्सनले आईपीएल २०२३ बाट बाहिरिएको जनाउँदै उनको स्वास्थ्यलाभको कामना गरेको छ ।

उनी उपचारका लागि न्युजिल्याण्ड फर्कने छन् ।

चोट लगत्तै उनले मैदान छाडेका थिए । उनलाई गुजरातका म्यानेजमेन्ट टोलीले बोकेर लगेका थिए ।

पहिलो इनिङ्समै घाइते भएपछि उनले ब्याटिङ समेत गर्न सकेनन् । उनको स्थानमा गुजरातले यसै सिजनबाट लागु भएको इम्प्याक्ट प्लेयर रुल अनुसार साइ सुदर्शनलाई दोस्रो इनिङ्समा खेलाएको थियो ।

२०१८ देखि २०२२ सम्म सनराइजर्स हैदरवादका लागि खेलेका विलियम्सन यसै सिजन गुजरातमा अनुबन्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?