+
+

बम विस्फोटमा रुसी सेनाका ब्लगरको मृत्यु, १६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते ७:११

२० चैत, काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि गरेको हो ।

रुसको समाचार एजेन्सी आरआईएका अनुसार भ्लादलेनलाई उपहारको भनेर एक बट्टा दिइएको थियो । सोही बट्टामा भएको बम विस्फोट हुँदा उनको मृत्यु भएको गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ ।

भ्लादलेनको खास नाम म्याक्सिम फोमिन हो । उनले युक्रेनमा रुसले गरेको आक्रमणको समर्थन गर्दै आएका थिए ।

उनले गत वर्ष युक्रेनसँगको सीमा क्षेत्रमा गरेको रिपोर्टिङको एक भिडियोको निकै चर्चा भएको थियो । उक्त भिडियोमा उनले भनेका छन्, ‘हामीले जसलाई पनि हराउन सक्छौं, जसलाई पनि मार्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?