+
+

आर्टिफिसियल इन्टेलिजेन्सले खाइदिनेछ ३० करोडको जागिर

एजेन्सी एजेन्सी
२०७९ चैत २० गते १२:३२

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकाससँगै विश्वमा ३० करोडभन्दा धेरै मानिसको जागिर गुम्ने देखिएको छ ।

विश्वस्तरीय लगानी बैंक Goldman Sachs ले सार्वजनिक गरेको रिपोर्ट अनुसार एआईले ३० करोड फुलटाइम जागिर प्रतिस्थापन गर्न सक्दछ ।

रिपोर्ट अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले युरोप र अमेरिकाका एक चौंथाइ रोजगारी विस्थापित गराइदिन सक्दछ । यद्यपि यो प्रविधिले नयाँ रोजगारी सिर्जनाका साथै उत्पादकत्वमा समेत वृद्धि गर्नेछ । यसले विश्वमा वार्षिकरुपमा उत्पादित वस्तु तथा सेवाको मूल्यमा ७ प्रतिशतले वृद्धि गर्नेछ ।

मानव कार्यसँग मिल्दोजुल्दो सामग्री सिर्जना गर्नसक्ने जेनेरेटिभ एआई प्रविधि क्षेत्रको प्रमुख उन्नतिको रुपमा रहेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार आर्टिफिसियल इन्टेलिजेन्समा लगानी प्रवर्द्धनका लागि सरकारले गर्ने प्रयासले मुलुकको अर्थतन्त्रमा उत्पादकत्वमा वृद्धि हुनेछ ।

बेलायती प्रविधि मन्त्री मिचेल डोनेलानले भने आर्टिफिसियल इन्टेलिजेन्सले मानिसहरुको काममा अवरोध गर्नुको साटो त्यसलाई सहयोग गरिरहेको जसका कारण रोजगारी गुम्नुको साटो झनै उत्कृष्ट बन्दै गएको दाबी गरेका छन् ।

यद्यपि बैंकको रिपोर्ट अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले विभिन्न क्षेत्रका रोजगारीमा असर गर्नेछ । यसबाट सबैभन्दा धेरै अर्थात् ४६ प्रतिशत प्रभावित हुने क्षेत्र प्रशासनिक क्षेत्र हो भने दोस्रोमा ४४ प्रतिशतसहित न्याय क्षेत्र रहेको छ ।

उता निर्माण तथा मर्मत क्षेत्र भने क्रमशः ६ र ४ प्रतिशत अटोमेसनसहित सबैभन्दा कम प्रभावित हुने क्षेत्रको रुपमा रहनेछ ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?