+
+

कांग्रेस बदल्न यहींभित्र लड्नुपर्छ, बाहिर गएर ढुंगा हान्ने होइन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १५:१०

२० चैत, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् ।

उनले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ भनेर प्रश्न गरेका छन् ।

तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र बदल्नुपर्ने कुरा यहीं बसेर बदल्ने बताए ।

‘नेपाली कांग्रेसभित्र जे भइरहेको छ ठीक भइरहेको छैन, नेपाली कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्नेछ’ उनले प्रश्न गरे, ‘तर कांग्रेसलाई लात हानेर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यहींभित्र बसेर लड्नुपर्छ, संघर्ष गर्नुपर्छ ।’

महामन्त्री थापाले अगाडि भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?