+
+

वैशाख १० नयाँ युगको आह्वान गर्ने दिन : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १६:३८

२० चैत, काठमाडौं । तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन् ।

उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान गर्ने दिनको रुपमा लिएका छौं ।’

नेपालमा सुशासन नरहेको र कुशासन भएको उनले बताए । निर्वाचन केन्द्रित सम्पर्क कार्यालय प्रारम्भ गर्ने क्रममा स्वर्णिमले भने, ‘हाम्रो प्रणालीहरु असाध्यै भत्किएका छन् । किनबेच र सेटिङका कुराहरु छन् । सार्वजनिक संस्थानहरुमा क्षयीकरण भएका छन् ।’

प्रणाली भत्किएकाले नेपाल उभो लाग्न कठिन भएको वाग्लेले बताए । नेपालजस्तै मूलुकहरुले आर्थिक विकासमा गर्दा पद्धति बिग्रेकाले ती देश सरह पुग्न नसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?