+
+

टोटनहम र एभरटनले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते ६:२३

२१ चैत, काठमाडौं । प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् ।

माइकल किनले अन्तिम मिनेटमा गोल गरेपछि एभरटनले टोटनहमसँग अंक खोसेको थियो । त्यसअघि ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा गोल खाँदा जित नजिक पुगेर पनि अंक बाँड्नुपर्‍यो ।

दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए । खेलको ५८औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियो ।

टोटनहमका लुकास माउराले पनि ८८औं मिनेटमा रातो कार्ड पाएका थिए ।

बराबरीपछि टोटनहमले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । टोटनहमले २९ खेलबाट न्युकासल र म्यानचेष्टर युनाइटेड समान ५० अंक जोडेको छ । गोल अन्तरमा न्युकासलभन्दा पछि रहँदै टोटनहम चौथो स्थानमा छ ।

एभरटन २९ खेलबाट २७ अंक जोडेर १५औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?