+
+

महासंघमा अञ्जन श्रेष्ठ प्यानलले गर्‍यो उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १३:४५

२१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघमा श्रेष्ठसँगै उनको प्यानलका सबै उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लालप्रधानले उम्मेदवारी दर्ता गरेका हुन् ।

एसोसिएट्सतर्फ श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् । जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे । एसोसिएट्समा दुवै तर्फ बराबर सदस्यहरु राख्ने सहमति भएको छ । यसैगरी वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आ-आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताए ।

‘अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनु पर्दछ र यसका लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,’ श्रेष्ठले भने, ‘अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?