+
+

यशराजको जासूस फिल्म ‘वार २’को शीर्ष भूमिकामा ऋतिक रोशन र जुनियर एनटीआर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ११:५५

काठमाडौं । बलिउड कम्पनी यशराजको आगामी स्पाइ युनिभर्स ‘वार २’को शीर्ष भूमिकामा ऋतिक रोशन र जुनियर एनटीआर देखिने भएका छन् । ‘वार २’लाई अयान मुखर्जीले निर्देशन गर्नेछन् जसले यसअघि डिज्नीको भारतीय पौराणिक सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान शिव’को निर्देशन गरेका थिए ।

अभिनेता एनटीआर यतिबेला आफ्नो ३० औं फिल्मको रुपमा कोरतला शिवको निर्देशनमा ‘एनटीआर थर्टी’मा काम गरिरहेका छन् । तेलुगू फिल्म उद्योगका चर्चित अभिनेता एनटीआरले ‘आरआरआर’मार्फत भारत र विश्वभर पाएको सफलतासँगै मुलुक बाहिर पनि प्रसिद्धि पाएका छन् ।

निर्माता आदित्य चोपडाद्वारा निर्मित जासूस ब्रह्माण्ड टाइगर फ्रेन्चाइजीसँगै सुरु भयो जसमा सलमान खान र क्याटरिना कैफ अभिनित ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’, ऋतिक रोशन र टाइगर श्राफ स्टारर ‘वार’ छन् । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित ‘पठान’ यो युनिभर्सको पछिल्लो संस्करण थियो जसले १३० मिलियन डलर कमाउँदै अहिलेसम्मकै सर्वाधिक कमाउने भारतीय फिल्मको कीर्तिमान रच्यो । यो युनिभर्सका चार फिल्मले एकसाथ ३० करोड डलर कमाइ गरेका छन् ।

यो स्पाइ युनिभर्सको आगामी फिल्म ‘टाइगर ३’ आगामी नोभेम्बरमा प्रदर्शन तयारीमा छ । यही युनिभर्सको अर्को फिल्म ‘टाइगर भर्सेस पठान’को कारण शाहरुख र सलमान मिडिया हेडलाइन बनिरहेका छन् जुन फिल्मको निर्माण जनवरी २०२४ मा हुनेछ ।

टाइगर फ्रेन्चाइजीमा सलमानले अविनाश सिंह राठौर उर्फ टाइगर, जो भारतीय गुप्तचर एजेन्सी रअसँग सम्बन्धित छन् र कैफले पाकिस्तानको आईएसआईबाट जोया हुमैनीको भूमिका निर्वाह गरेकी छन् । ‘वार’मा रोशन रअ एजेन्ट कबीर धालीवाल र श्राफ उनको प्रोटेज खालिद रहमानी हुन् । ‘पठान’ मा शाहरुख खानले निर्वासित रअ एजेन्ट पठान र पादुकोणले आईएसआई एजेन्ट रुबिना मोहसिनको भूमिका निर्वाह गरेका छन् ।

स्रोतले भन्यो, ‘जुनियर एनटीआर ऋतिक रोशनसँग ’वार २’मा काम गर्दैछन् । यो भव्य हुन गइरहेको छ । उनीहरुको बुद्धिको लडाइँ र भंकर प्रदर्शन पक्कै पनि ठूलो पर्दामा सम्झनयोग्य कार्य हुनेछ ।’ आदित्य चोपडाको यो कदमले ‘वार २’ लाई हिन्दी फिल्मको लागि व्यापक दर्शक अपील गर्न सक्षम बनाउँछ र यसले फिल्मको बक्स अफिस सम्भावना पनि फराकिलो बनाउँछ । आफ्नो प्रिय सुपरस्टारको उपस्थितिको कारण दक्षिण भारत जीवित हुनुपर्दछ र फिल्मसँग थप भावनात्मक स्तरमा जडान हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?