+
+

मोरङबाट एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ११:५५

२२ चैत, विराटनगर। प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट  एक जनालाई पक्राउ गरेको हो ।

अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा  सुनसरी धरान उप-महानगरपालिका वडा नं-५ की  २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताए  । उनले  कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् ।

नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं.००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी सुस्मितामाथि अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?