+
+

बञ्चरेडाँडामा फोहोर हेर्न संसदीय टोली पठाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १४:५७

२३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै यसलाई रोक्न माग गरेका छन् ।

व्यवस्थित ढंगले फोहोर फाल्न बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाए पनि त्यहाँ अव्यवस्थित रुपमा फोहोर फाल्न थालेको भन्दै उनले एक पटक संसदीय टोली अनुगमनका लागि पठाउनुपर्ने माग गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘एउटा संसदीय टोली बनाएर फोहोरमैला कसरी व्यवस्थापन भइरहेको रहेछ, कति अव्यवस्था रहेछ हेर्नुपर्‍यो ।’

पहिले सिसडोलमा जसरी फोहोर फालिएको थियो अहिले बञ्चरेडाँडामा पनि त्यस्तै अव्यवस्थित ढंगले फोहोर फ्याँकिएको सांसद पाण्डेले बताए । ‘वैज्ञानिक व्यवस्थापन गर्ने भनिए पनि फोहोरबाट निस्कने झोल पदार्थ जताततै फ्याँकिएका छन् । घरमा बस्न नसकिने अवस्था छ’, उनले भने ।

स्थानीय युवाले फोहोरमा बस्न सक्दैनौं भन्दा उल्टो प्रहरीले वारेन्ट जारी गरेको भन्दै सांसद पाण्डेले ती वारेन्टहरु खारेज गर्नुपर्ने बताए । बञ्चरेडाँडा क्षेत्रमा चिल र गिद्धले फोहोरमा आउने मासुका टुक्रा नजिकका घरको छानामा लैजाने गरेको भन्दै पाण्डेले त्यस क्षेत्र हवाइ रुट पनि पर्ने हुनाले चराका कारण दुर्घटना हुन सक्ने खतरा औंल्याए ।

स्थानीय कोल्पुखोलामा फोहोरको लिचेड बगाउन बन्द गर्नुपर्ने, बञ्चरेडाँडा क्षेत्रमा जाने सडक कालोपत्रे हुनुपर्ने, त्यहाँका विद्यालयमा शिक्षक दरबन्दी दिनुपर्ने र स्वास्थ्य उपचारको प्रबन्ध हुनुपर्ने सांसद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?