News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका नेता राजेन्द्र पाण्डेले २०४८ सालपछि सांसद र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए।
- उनले सरकारले चाह्यो भने व्यवस्थित प्रणाली बनाएर छानबिन गर्नसक्ने र निष्पक्ष निकायमार्फत छानबिन हुनुपर्ने बताए।
- पाण्डेले दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको पनि स्पष्ट पारे।
२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले आफूले विगतदेखि नै सम्पत्ति छानबिनको माग उठाउँदै आएको बताएका छन् ।
२०४८ सालपछि सांसद, मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा उनको भनाइ छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले चाह्यो भने व्यवस्थित प्रणाली बनाएर छानबिन गर्नसक्ने पनि बताए ।
‘हामीले शुरुदेखि नै भनेका छौँ । हामीले पटकपटक संसदमा नै उपस्थित भएर छानबिन गर्न भनेका छौँ, हामी तयार छौँ, २०४८ सालपछि हामी सांसद मन्त्री जो जो भयौँ, छानबिनको लागि हामी तयार छौँ । कसले छानविन गर्ने हो, छानविन गर्न थाले भइहाल्यो नी,’ उनले भने ।
छानबिन निष्पक्ष निकायमार्फत हुनुपर्ने बताउँदै उनले दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताए ।
‘सरकारले चाह्यो भने उसले छानबिन गर्नसक्छ, छानबिन गर्न मन लागेको व्यक्तिलाई एउटा एउटा भन्ने हुँदैन, उसले एउटा निश्चित सिष्टम बनाएर प्रक्रियाबाट छानबिन गर्ने हो । छानबिन गर्ने निश्चित कुनै एउटा निकाय पनि हुनुपर्छ । कानूनी हिसावले सरकारले छानबिन गर्न पाउँछ । छानबिनमा केही गल्ती कमजोरी भेटियो भने हामी कारबाही भोग्न तयार छौं,’ उनले भने ।
प्रतिक्रिया 4