+
+
Shares

नेपाली सेनाको सर्भर ह्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १६:३६

२४ चैत, काठमाडौं । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।

उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।

‘नेपाली सेनाले आफ्नो साइबर स्पेसमा कसैले अनधिकृत पहुँच पुर्‍याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान थालेका थियौं’, अर्यालले भने, ‘त्यसक्रममा प्रविधिक विश्लेषण र ह्युमन इन्टलिजेन्सका आधारमा यस कार्यमा संलग्न व्यक्तिलाई घरबाटै पक्राउ गरेर ल्याएका छौं ।’

प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्‍याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । ‘यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ’, एसएसपी अर्याल भन्छन् ।

ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?