+
+

बैंकिङ कसूरको आरोपमा निर्माण व्यवसायी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १६:४९

२४ चैत, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले निर्माण व्यवसायी खगेन्द्र बुढा मगरलाई बैंकिङ कसूरको आरोपमा पक्राउ गरेको छ ।

बैंकिङ कसूर सम्बन्धी विषयमा जाहेरी परेपछि उनलाई ठिमीबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जनदत्त भट्टले बताए । प्रहरी वृत्त, ठिमीको सहयोगमा पक्राउ गरेर उनीमाथि अनुसन्धान थालिएको उनले बताए ।

प्रहरीका अनुसार बुद्धमाया श्रेष्ठ, तारा माया गुरुङ, हरिप्रसाद कोइराला र सुनिलकुमार उपाध्यायले क्रमशः ८८ लाख ३० हजार, ८० लाख, ९ लाख ७५ हजार र ९ लाख ७५ हजार ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

बुढाथोकीको जयन्ती निर्माण सेवा कम्पनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?