+
+

पुरुष हक्कीमा सुदूरपश्चिम र पुलिस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:५७

२४ चैत, विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।

विराटनगरको शहीद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरेका थिए । एक मात्र सान्तवना गोल कोसीका लागि बिसु घिमिरेले गरे ।

खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।

त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे ।

खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भए ।

पहिलो पटक हक्कीको खेल रात्रीकालीन हुँदैछ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन रुपमा हक्कीको खेल हुनेछ । लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उनले बताए ।

संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समूनि गराउन सकिने गरी तयारी गरिएको जानकारी दिए । पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने बताए ।

समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ ।

शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?