+
+

उपनिर्वाचन लगत्तै सातै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : बालकृष्ण खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ११:५७

२६ चैत, जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् ।

जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् ।

उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको पनि बताए ।’सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ,’ उनले भने ।

उनले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।

आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरे ।

साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?