+
+

टिकटकमा भिडियो भाइरल बनाउन चाहनुहुन्छ ? उपयोगी हुन सक्छन् यी ५ टिप्स

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १६:२९

काठमाडौं । पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ ।

यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा चर्चित बन्न चाहनुहुन्छ भने त्यसका लागि केही टिप्स उपयोगी हुन सक्छन् ।

१. ह्यासट्यागको प्रयोग गर्नुहोस् : टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ ।

२. लामो भिडियो बनाउन Stitch फिचरको प्रयोग गर्नुहोस् : यो फिचरले ट्वीटरमा धेरैवटा भिडियोलाई एकापसमा गाँसेर लामो भिडियो बनाउन सहयोग गर्छ । खासगरी लामो खालका कथाहरु भन्न, स–साना मुभीहरु राख्न वा लामो खालका प्रशिक्षणमूलक भिडियोहरु राख्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले गाँस्न चाहेको भिडियोमा क्तष्अज बटनमा ट्याप गरेर अन्य जोड्न क्लिपहरु छानेर लामो भिडियो बनाउन सकिन्छ ।

. भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् : तपाईंलाई यदि टिकटकमा आफ्नो भिडियोलाई अझै प्रभावकारी बनाउने मन छ भने टिकटकमा उपलब्ध तमाम खालका फिल्टर तथा इफेक्टहरुको प्रयोग गर्न सक्नुहुन्छ । यस्ता फिल्टर तथा इफेक्टले टिकटक भिडियोलाई थप सिर्जनात्मक र प्रभावशाली बनाउन सहयोग गर्छन् । भिडियोमा फिल्टर तथा इफेक्ट हाल्न स्क्रिनमा देखिने Filters तथा Effects बटनमा थिचेर आफूलाई मनपर्ने प्रकार छान्न सकिन्छ ।

. भिडियोमा स्टिकर तथा टेक्स्ट थप्नुहोस् : तपाईंले टिकटकमा अपलोड गर्ने भिडियोका बारेमा जति प्रष्टसँग जानकारी दिनुभयो दर्शकलाई उति नै फाइदा पुग्छ । त्यसैले आफ्नो टिकटक भिडियोलाई धेरैभन्दा धेरैले हेरुन् वा जानकारीमूलक होस् भन्ने चाहनुहुन्छ भने त्यसमा टेक्स्ट तथा स्टिकर थप्न सक्नुहुन्छ । सन्दर्भका बारेमा जानकारी दिन, क्याप्सन हाल्न तथा कुनै सन्देश प्रवाह गर्न तपाईंले टेक्स्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै भिडियोलाई फन्नी बनाउन वा विषयवस्तुसँग मिल्ने सिर्जनात्मक कुरा थप्न स्टिकर राख्न सकिन्छ ।

. ड्वेट फिचरको प्रयोग गर्नुहोस् : टिकटक प्लेटफर्ममा आफ्नो एक्सपोजर बढाउन अन्य टिकटक प्रयोगकर्तासँगको सहकार्य निकै महत्वपूर्ण हुन्छ । अरु प्रयोगकर्तासँग सहकार्य गर्दा उसका दर्शकलाई पनि आफूतिर तान्ने र नयाँ फलोअर्स थप्ने मौका हुन सक्छ । टिकटकमा खासगरी ड्वेट तथा रियाक्सन भिडियो बनाएर अन्य प्रयोगकर्तासँग सहकार्य गर्न सकिन्छ । टिकटकको Duet फिचरको सहयोगमा कुनै पनि अरु प्रयोगकर्तासँग स्क्रिन विभाजित गरेर युगल भिडियो बनाउन सकिन्छ । खासगरी रियाक्सन भिडियो, कमेडीका साथै कुनै सांगीतिक भिडियो तयार गर्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले ड्वेट बनाउन चाहेको भिडियोमा गएर Duet बटनमा ट्याप गरेर आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?