+
+

रास्वपाले माग्यो सांसद ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १६:५३

२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो ।

उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

श्रेष्ठमाथि छानबिन गरी प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको पनि ढकालले बताए । ‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

छानबिन पूरा नहुँदासम्मको लागि श्रेष्ठलाई पार्टीको साधारण सदस्यको हैसियतमा पनि काम नगर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?